नेभिगेशन
अदालत

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

चितवन । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका पूर्व गृहमन्त्री लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

चितवन जिल्ला अदालतले आज लामिछाने, पूर्वडीआईजी छवीलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २४ जना साहारा सहकारी पीडितहरुले उनीहरुविरुद्ध जाहेरी दिएका थिए।

लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेको छ। उनीलाई एक-दुई दिन भित्रै काठमाडौं लगिने बताइएको छ। त्यस पश्चात् लामिछानेसहित पक्राउ पुर्जी जारी गरिएकालाई चितवन ल्याइने जिल्ला प्रहरी चितवनले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्