नेभिगेशन
ट्राफिक प्रहरी

कर्णाली प्रदेश ट्राफिकको 'पुलिस अफ द मन्थ' बने प्रहरी निरीक्षक सुनार

सुर्खेत  । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) वकिल सुनार ट्राफिक पुलिसतर्फका हिरो अर्थात 'पुलिस अफ द मन्थ' घोषित भएका छन् ।

इन्स्पेक्टर सुनारलाई कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले प्रदेशभरको उत्कृष्ट प्रहरी कर्मचारी घोषित गरेको हो।

कर्णाली प्रदेश ट्राफिक कार्यालयले गत कात्तिक महिनामा उत्कृष्ट कार्य गरेका इन्स्पेक्टर  सुनारलाई प्रदेश ट्राफिक प्रमुख एसपी अपिल राज बोहराले प्रशंसापत्रले सम्मान गरेका हुन् ।

पुलिस अफ द मन्थ सुनारले सुर्खेत जिल्लाभरको ट्राफिक व्यवस्थापनमा राम्रो कार्य  गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्