नेभिगेशन
नेपाल प्रहरी

रामग्रामबाट १३ किलो बढी गाँजासहित एक महिला पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ठुलो परिमाणको गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ।

नवलपरासी पश्चिम स्थित रामग्राम नगरपालिका-१२ पचगवाकी ५० वर्षीया रेसमा देवी भरलाई १३ किलो ८८० ग्राम गाँजासहित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा रेसमाले आफ्नै घरबाट लागुऔषध विक्रीवितरण गर्ने गरेको जानकारी पाए पश्चात् जिल्ला प्रहरी नवलपरासी पश्चिमबाट गएको टोलीले शुक्रवार दिउँसो घर खानतलासी गर्ने क्रममा उक्त १३ किलो ८८० ग्राम गाँजा बरामद गरिएको हो।

पक्राउ परेकी रेसमालाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्