नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

अमेरिकामा भएको कार दुर्घटनामा मृत्यु हुनेमा रुकुमका सुरेश र बर्दिया विवेक

काठमाडौं । अमेरिका नेपाली सवार कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कारमा सवार ४ नेपालीमध्ये २ जनाको मृत्यु भएको हो।

स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा भएको थियो।

दुर्घटनामा रुकुमस्थित आठसबिसकोट नगरपालिका-७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसी र बर्दियाका विवेक सुवेदीको मृत्यु भएको एनआरएनए अमेरिकाले जानकारी दिएको छ।  

 काम गरेर गरेर फर्किदै गरेको अवस्थामा कार रुखमा ठोक्किँएर दुर्घटनामा परेको थियो। दुर्घटनामा काठमाडौंका  मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको छ भने कार चालक विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्